प्रवास

परराष्‍ट्र मन्त्रालयले भन्यो : युक्रेनबाट व्यवसायिक उडानमार्फत फर्कनू

इकागज |
फागुन १५, २०७८ आइतबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्‍ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्‍ति जारी गरी त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमलाई मूल्यांकन गरी आवश्यक परेर बसेका बाहेक अन्य नागरिकलाई स्वदेश फिर्ता हुन अनुरोध गरेको छ ।

मन्त्रालयले उपलब्ध भएका व्यवसायिक उडानको प्रयोग गरी स्वदेश फर्कनु र अतिआवश्यक कामबाहेक हालका लागि युक्रेन भ्रमण स्थगन गर्न समेत बताएको छ ।


युक्रेनका लागि सहप्रमाणित नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार उनीहरू सबै सकुशल छन् ।

त्यहाँ रहेका नेपाली आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x