प्रवास

एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

इकागज |
फागुन १६, २०७८ सोमबार १९:४५ बजे

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार (मार्च २ तारिख) भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।


संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरु, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस – युक्रेनबीचको युद्ध पिडित नेपालीहरुको उद्धार र संघको १० औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ ।

गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।

न्युज कारखाना


Author

थप समाचार
x