प्रवास

रसिया-युक्रेनयुद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्के

'नेपालीलाई सुरक्षित स्थानतर्फ पुर्‍याउन सहजीकरण गरिरहेको छु'

अतिन आचार्य |
फागुन १८, २०७८ बुधवार ११:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- रसिया-युक्रेनको युद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्किसकेका छन् । दुई जना चिकित्सकसहित रसिया-युक्रेन युद्ध सुरु भएपछि नेपाल आएका हुन् ।

केही दिन यता निरन्तरको गोला बारुदपछि त्यहाँ रहेका नेपाली नागरिक त्रासमा रहेका उद्धारका लागि आव्हान गरिरहकेका छन् । विभिन्‍न मुलुकको बाटो प्रयोग गरी उनीहरू स्वदेश फिर्ता भएका हुन् ।


हंगेरी र रोमानीया हुँदै स्वदेश फर्किसकेको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले इकागजलाई जानकारी दिए । अहिलेसम्म सम्पर्क आएकामध्ये पाँच जना स्वदेश फर्किसकेको उनले बताए ।

हालसम्म दूतावासको सम्पर्कमा ३५४ जना नेपाली आइसकेका छन् । 'पोल्याण्डको वार्सातर्फ ४८ नेपाली पुगिसकेका छन्,' अलपत्र नेपालीको उद्धार गर्न पोल्याण्डको सिमाना पुगेका राजदूत खड्काले भने,'  अहिले सम्मको अवस्था याे छ । यसबारेमा थप जानकारी लिन सुरक्षित ठाउँमा पुर्‍याउँन सहजीकरण गर्न म आफैँ आएको छु ।'

दुःख, कष्ट र मेहनत गरेर बोर्डर आइपुगेकालाई सुरक्षित स्थानतर्फ पुर्‍याउनक लागि सहजीकरण गरिएको सिमानाको होटलमा रहेका राजदूत खड्काको भनाइ छ । तीन नेपाली सोल्भाकियातर्फ पुगिसकेको उनले बताए ।

हालसम्म विभिन्न मुलुकमा ३ सय तीन जना पुगिसकेका छन् । स्वदेश फर्कन चाहने थोरै नेपाली रहेको उनले सुनाए । स्वदेश जान चाहनेलाई विभिन्न माध्यमबाट व्यवस्था गरिने उनको भनाइ छ ।

'धेरै नेपालीहरूले स्वदेश फर्कन चाहेका छैनन,' राजदूत खड्काले भने,' युद्ध ग्रस्त मुलुकबाट सुरक्षित स्थानमा पुग्दा पनि स्वदेश नफर्कनुमा उनीहरूको इच्छामा निर्भर हुन्छ । केहीले स्वदेश फर्कन चाहे पनि गम्भीरताका साथ चासो लिएका छैनन् ।'

सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका थिए । 

स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाएपछि युद्ध सुरु भएको हो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x