प्रवास

अपरिचित व्यक्तिले विद्यालयलाई तीन करोड दिएर हिँडेपछि...

संगीता कुँवर |
फागुन २०, २०७७ बिहिवार १०:४ बजे

जापान : जापानमा एक अपरिचित व्यक्तिले विद्यालयलाई तीन हजार मान दान दिएका छन् । करिब ७० वर्षीय ती व्यक्तिले आफ्‍नो परिचय लुकाएर नाराका तीन विद्यालयलाई नारा सिटि साइबी इलिमेन्टरी स्कूल, कासुगा जुनियर हाइस्कूल र इचिजो हाइस्कूललाई एक/एक हजार मानका दरले तीन हजार मान दान गरेका हुन् । उक्त रकम तीन करोड नेपाली रुपैयाँ भन्‍दा बढी हुन्‍छ ।

उनले फेब्रुअरी २४ तारिक दिउँसो विद्यालयमा पुगेर सेतो प्लास्टिकमा रहेको पैसा कर्मचारीलाई हातमा दिँदै ‘विद्यालयका विद्यार्थीका लागि प्रयोग गर्नु’ भनेर फर्केका थिए । कर्मचारीले उनके पिछा गर्न खोजे पनि भेट्टाउन सकेनन् । विद्यालय प्रशासनले भने विद्यालयमै आएर रकम दिएकोले उनले  विद्यार्थीको लागी सहयोग गर्न चाहेको यस्तो राम्रो विचार भएका मान्छेलाई चिन्‍न पाए हुन्थ्यो भन्‍ने लागेको  जापानी सञ्‍चार माध्यमले जनाएका छन् । उनले दिएको सो रकम अहिले नाराको बोर्ड एजुकेशनले राखेको छ ।


गत वर्ष नारा भन्‍ने ठाउँमै कोरोना रोकथामको लागि भन्दै अपरिचित व्यक्तिले सरकारी वडा कार्यालयका कर्मचारीलाई तीन हजार मान रकम हातमा दिएका थिए । उस्तै उमेर र नारा नै ठाउँमा भएकोले एउटै व्यक्ति पनि हुन सक्ने पनि धेरैले अनुमान गरेका छन् ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x