प्रवास

युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघको अपिल

इकागज |
फागुन २६, २०७८ बिहीबार २३:१ बजे

काठमाडाैँ - युक्रेनमा रसियाले आक्रमण गर्दा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघको अपिल गरेको छ ।

संघले एक अपिल पत्र जारी गर्दै सहयोग गर्न आग्रह गरेको छ ।


जारी अपिल पत्रमा भनिएको छ, 'युक्रेनमा रसियाले आक्रमण गरेको दुई साता भइसकेको छ । उक्त आक्रमणबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ र युक्रेनमा रहेका सम्पूर्ण जीवन खतरामा छ, युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु केही युक्रेन बाहिर निस्केर अन्य विभिन्न देशमा पुगेका छन् भने केही अझै युद्ध क्षेत्रमा उद्धारकाे अपेक्षामा बसिरहेका छन् । त्यसैले उनीहरूकाे उद्धारकाे लागि हर्दिक अपिल गर्दछु।'


Author

थप समाचार
x