प्रवास

एनआरएनए बैठक अप्रिल अन्तिम साता

इकागज |
बैशाख ५, २०७९ सोमबार ६:१९ बजे

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिख भर्चुअलमार्फत बस्न लागेको हो ।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ । जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरू पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरूलाई आग्रह गरिएको छ ।


‘साथीहरूले चाहेका आआफ्ना एजेण्डाहरू पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाइहरू राख्न पाइदैन् भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

आइसीसी सदस्यहरूको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डालाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषद्को गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरूको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरूले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाइ राख्ने तयारी गरेका छन् ।


Author

थप समाचार
x