प्रवास

एनआरएनए स्वास्थ्य समितिमा डा सापकोटा

इकागज |
बैशाख १८, २०७९ आइतबार १५:४५ बजे

काठमाडौँ - गैरआवासीय नेपाली सङ्घ एनआरएनए, स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत भएका छन् । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।    
    
 ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन् । उनसँग विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्याङ्क विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिए ।    



Author

थप समाचार
x