कृषि

उपमहानगरले दियो सहकारीलाई ट्रयाक्टर

इकागज |
असार १७, २०७९ शुक्रबार १९:३८ बजे

मकवानपुर । कृषि उत्पादन तर्फ चासो नदिएको टिप्पणी खेप्दै आएको हेटौंडा उपमहानगरपालिकाले कृषि उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले हाते ट्याक्टर सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ को सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको हाे ।

चालु आर्थिक वर्ष २०७८/७९ को यान्त्रीकरण अनुदान कार्यक्रम अन्तरगत उपमहानगरले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिएको हो । हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी सस्था लिमिटेडमा आवद्ध किसानहरुलाई सहयोग पुर्‍याउने उद्देश्य सहित अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा उपमहनगरपालिका कार्यालय आर्थिक विकास महाशाखाका प्रमुख गंगा कुमारी चौलागाईले बताइन् ।


महाशाखा अन्तरगतको कृषि शाखाले अनुदानमा दिएको ट्रयाक्टरको सांचो हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाले सहकारीका अध्यक्ष रेखा खतिवडालाई हस्तान्तरण गरेकी थिइन् । ट्रयाक्टरमा उपमहानगरले ६ लाख ५० हजार रुपियाँ अनुदान व्यहोरेको महाशाखा प्रमुख चौलागाईले जानकारी दिइन् । किसानको समृद्धिको लागि नगरपालिका सधै सकारात्मक रहेको लामाले बताइन् ।


Author

थप समाचार
x