कृषि

कृषि पेशालाई आधुनिकीकरणतर्फ विकास गराउन किसानलाई हाते ट्याक्टर

इकागज |
असार १९, २०७९ आइतवार १६:४८ बजे

काभ्रे । बनेपा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई १ सय ६ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । बनेपा नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।


बनेपा नगरपालिकाका नगरप्रमुख शाक्यले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । उनले विगतका दिनमा केहि केहीले अनुदानमा ट्याक्टर लिएर बेच्ने भन्ने कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने बताए ।

परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।


Author

थप समाचार
x