कृषि

सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै माइतीघरमा धर्ना

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १७:३० बजे

काठमाडौँ- सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।

कार्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो ।


मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेका कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरूको गुनासो छ । महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशभर रहेका कार्यालय तथा डिपोमा  धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।


Author

थप समाचार
x