कृषि

'नेपालमा मल पर्याप्त छ'

इकागज |
जेठ २१, २०७८ शुक्रवार १८:१४ बजे

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताएकी छन् । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताएकी हुन् । 

मल पर्याप्त रहेको उहाँको भनाई छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उनले बताए  । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उनले भदौँ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरुलाई उनले आग्रहसमेत गरिन् ।


उनले भनिन्,‘आजको दिनमा हाम्रो खेतीबाली लगाउन सम्मको निम्ति मल पर्याप्त छ । थोरै समस्या वितरणसँग जोडिएर छ । वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छौ । भदौमा मल आउँदैन कि, असोजमा मल हुँदैन कि भनेर अहिले यो सिजनको निम्ति हामीले प्रवन्ध गरेको, वितरणको निम्ति ल्याएको मल आफुलाई आवश्यकताभन्दा बेसी राखिदिने अनि भर्खरै किसानले नपाउने, भोलिको निम्ति साचिदिने त्यो काम नगरिदिनका लागि अनुरोध गर्दछु । असार र साउनका लागि वितरण गरेको मल भदौ र असोजको लागि स्टक नराख्नुहो । मल पर्याप्त छ ।’


Author

थप समाचार
x