कृषि

७० हजार मेट्रिकटन चैते धान उत्पादन

इकागज |
असार २८, २०७८ सोमबार १२:५३ बजे

फाइल तस्बिर

बारा : यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए ।

गत वर्ष विभिन्‍न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ । रासस



Author

थप समाचार
x