कृषि

उखु किसानले दिए फेरि आन्दोलनको चेतावनी

इकागज |
साउन १४, २०७८ बिहीबार १६:७ बजे

काठमाडौँ- सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरूले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरू आन्दोलनको तयारीमा लागेका हुन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति, सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ, उखु किसान संघर्ष समिति, सर्लाही र किसानहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै विगत तीन/चार वर्षअघि देखिकै भुक्तानी आफूहरुले पटक-पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


सरकारबाट आश्वासन पाए पनि भुक्तानी नसकेका कारण यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको उनीहरूले बताएका छन् ।


Author

थप समाचार
x