कृषि

बारामा यस वर्ष दुई सय हेक्टर क्षेत्रफलमा बढ्यो गहुँखेती

इकागज |
पुस २४, २०७८ शनिबार १६:३४ बजे

फाइल फोटो

बारा - बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । 

गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृकुटी, विजय, आदित्य नेपाल ९७१, २९७, डब्लु १४०४ जातका गहुँ लगाएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए ।


प्राविधिक नियमानुसार पुस महिनाको १५ गतेभित्रमा गहुँखेती गरिसक्नुपर्नेमा केही किसान माघको पहिलो सातासम्म खेती गर्ने लक्ष्य राखेको केन्द्रका कृषि विज्ञ मण्डलले बताए । बारामा आव २०७७÷७८ प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए। 


Author

थप समाचार
x