सजिलो छैन कृषि व्यवसाय
फाइल फोटो
विराटनगर - बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्पm आकर्षित गराउन पनि कठिन हुने उनी बताउँछन् ।
हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उहाँजस्ता स्थानीय कृषकको भनाइ छ । विराटनगर महानगरपालिकाको रानीमा व्यवसाय गर्दै आएका पुरानो घर पहाडको भोजपुर बताउनु हुने व्यवसायी शेर्पा यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउँछन् । आफ्नो जग्गा नभएपछि उहाँले मोरङको कटहरी गाउँपालिका–१ निवासी युवराज भट्टराईको आठ कठ्ठा जग्गा भाडा लिएर मेवा खेती गरिरहेका छन् ।
खेतमा पाइवन रेट लेडी नामक मेवा रोपेका शेर्पाले भाडाबापत वर्षेनी भट्टराईलाई रु एक लाख २० हजार शुल्क तिर्दै आएका छन् । यस वर्ष लगभग रु तीन लाख आम्दानी गर्न सफल भएका उनले मेवा खेतीमा ढुसी र भाइरसले आक्रमण गरेर दुःख दिएकाले कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्रमुख रामदेव सिंहबाट प्रविधिक सहयोग लिइरहेका छन । स्थानीय नर्सरीबाट रु १५० का दरले जम्मा ८५० वटा मेवाको बिरुवा रोपेको बताउने शेर्पालाई सानैदेखि कृषि व्यवसायमा रुचि रहेको स्पष्ट पार्दै भने, `समय छैन गर्नु धेरै छ, जहान परिवारलाई पाल्नै पर्र्यो केही नगरी सुख छैन, त्यसैले यो खेती सुरु गरे ।`
खेतमै आएका व्यापारीलाई काँचो मेवा प्रतिकेजी रु ७० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु १०० मा बिक्री गरिहेका पाइन्छ । उनी भन्छन्, “भारतीय मेवा नेपाल बजारमा नआउने हो भने हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।” मेवा खेतीमा सुरुमा रु दुई लाख खर्च भएकामा अहिले ढुसी र भाइरस व्यवस्थापन खर्च भइरहेको शेर्पा जानकारी दिए ।
मेवाखेतीका अतिरिक्त बङ्गुरपालन पनि सुरु गरेका उनी सुरुमा २० वटा बङ्गुरपालनका लागि संरचना निर्माण गर्न करिब रु २७ लाख खर्च भएकोे र खर्च नपुगेर कृषि विकास बैंकसँग कृषि ऋण रु १५ लाख झिकेको बताउँछन् । बङ्गुरमा तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक शेर्षा काममा मेहनती, लगनशील देखिएका छन् ।
कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया