कृषि

नेपालमा १६ हजार बढी हेक्टरमा चिया खेती

इकागज |
बैशाख १४, २०७९ बुधबार १७:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा १६्र हजार नौं सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।


त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी समेत गरे । उनले भने, ‘आ. व. २०७६÷०७७ मा २ अर्व ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आ.व. २०७७÷०७८ मा ३ अर्र्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । करिब एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याएको तथ्यांकमा देखियो । यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अवको ३ वर्ष भित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्व विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।’बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार..’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे । बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजार भन्दा बढि चिया कृषक र ६० हजार भन्दाबढि यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ ।


Author

थप समाचार
x