प्रवास

दशैँको मुखमा बिपन्‍नलाई कांग्रेस नेता भण्डारीको आर्थिक सहयोग

इकागज |
कात्तिक ४, २०७७ मंगलबार ७:५२ बजे

अमेरिका : नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले कोभिड-१९ का कारण समस्यमा रहेका बिपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सल्लाहकार समेत रहेका कांग्रेस नेता भण्डारीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-३ अन्तरगतका सबै वडाहरुलाई ९ लाख ७५ हजार नगद सहयोग गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्वर ३ का १३ वटै वडाभित्र रहेका बिपन्न परिवारलाई छनौट गरी प्रतिवडामा ७५ हजारका दरले रकम वितरण गरेका छन् । काठमाडौंमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरी क्षेत्रिय सभापति सन्तोष चालिसे लगायतका पदाधिकारीहरुको सहभागितामा इकाई सभापति मार्फत राहत रकम हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।


भण्डारीले भने ‘दशैँका मुखमा विपन्न परिवारलाई सानो भए पनि राहत होस भनेर १३ वटै वडालाई ७५ हजारका दरले सहयोग गरेको हुँ ।'

भण्डारी हाल अमेरिका बस्दै आएका छन् । नेपाल तरुण दलका पूर्वकेन्द्रिय सदस्य समेत रहेका नेता भण्डारीले यसअधि भूकम्पको चपेटामा परेका नेपालीहरुलाई विभिन्न क्षेत्रमा ठूलो आर्थिक सहयोग गरेका थिए । 


 


Author

थप समाचार
x