स्थानीय तह निर्वाचन २०७९

झापाको बिर्तामोडमा एमालेको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १२:२४ बजे

काठमाडौं–झापाको विर्तामोड नगरपालिकामा एमालेले अग्रता लिएको छ । हालसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार पवित्रादेवी महतारले १ सय ५९ मत ल्याएर पहिलो स्थानमा छिन् । कांग्रेसका भोजराज सिटौलाले ९३ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपाका ध्रुवकुमार उप्रेतीले २० मत पाएर तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेका नगेन्द्रप्रसाद संग्रौलाले १ सय ६९ मत ल्याएर अग्रस्थानमा छन् । राप्रपाकी रञ्जु प्याकुरेलले ५६ मत ल्याएर दोस्रो स्थानमा छिन् । माओवादीका चन्द्रप्रसाद कडरियाले ५४ मत ल्याएर तेस्रो स्थानमा छन् । 



Author

थप समाचार
x