समाज

नारायण घिमिरकाे ‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

इकागज |
मंसिर २५, २०७८ शनिबार १७:२९ बजे

फाइल फोटो

काठमाडौँ - खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा वैज्ञानिक अवधारणा नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरेका हुन् ।

विश्व हिन्दू युवासङ्घले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेपाल र विश्वमा गाँजाको अवस्था, गाँजाको औषधीय उपयोग र गाँजासम्बन्धी ऐन÷कानुन, नीति नियम, विधेयकका बारेमा चर्चा गरिएको छ । विश्व हिन्दू युवासङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले गाँजा व्यवसायले नेपालमा रोजगारी सिर्जना गर्ने बताउँदै सरकारले गाँजा आयोग गठन गरेर गाँजाको उपयोगिताबारे देशभित्र बहस नै सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।


विगत १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत लेखक घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको विकासका लागि नवप्रवर्तन विषयमा लेख्दै आएका छन् । सरकारका पूर्वसचिव उपाध्यायले खासगरी गाँजाको आयुर्वेदिक महत्व र उपयोगिताबारे सकारात्मक सचेतना जगाउनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x