कला

महजोडीलाई जनकपुरमा 'महामूर्ख'को उपाधि

सुभाष कर्ण |
चैत १५, २०७७ आइतबार २०:१८ बजे

जनकपुरधाम : होली पर्वको अवसरमा दिइने महामूर्खको उपाधि यस वर्ष हास्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिइएको छ। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले यो उपाधि दिएको हो ।

मिनापले होली पर्वको पूर्वसन्ध्यामा जानकी मन्दिरमा कार्यक्रम आयोजना गरी महामूर्खको उपाधि संयुक्त रुपमा महजोडीलाई दिएको छ । कार्यक्रमलाई सम्बोधन मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौँ उपाधि पाएको र यो महामुर्खको उपाधि आफ्नो लागि ऐतिहासिक रहेको बताए । त्यसैगरी हरिकृष्ण आचार्यले आफ्नो ४१ वर्षे कलाकारितामा दर्शकलाई हसाउँने काम गरेकाे र दुनियाको भीडमा आफू पनि एउटा मूर्ख भएको महसुस भएको बताए । 



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x