कला

धम्पुसमा माया साँच्दै बेनिशा

इकागज |
चैत २१, २०७७ शनिवार १३:७ बजे

काठमाडौं : गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकोे छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ हास्य अभिनेता सन्तोष पन्तले प्रिमियर गरेका हुन् ।

पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनिशा हमाल फिचर छिन् । अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रवि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् ।


कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेसन छनौट गर्न धेरै मिहिनेत गरेको बताए । वरिष्ट अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेसन निकै मन परेको बताए ।

गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी व्यक्त गरिन् । उनले आफू व्यावसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् ।

अभिनेत्री बेनिशाले एउटै परिवारको सदस्यझै भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो । 

 


Author

थप समाचार
x