कला

छायाँकार विदुर पाण्डेको निधन

इकागज |
साउन २५, २०७९ बुधवार ९:२२ बजे

काठमाडौँ- छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो ।

पाण्डेको पार्थिव शरीर पशुपति आर्यघाट पुर्‍याइएको छ ।


उनी लामो समयदेखि छायाङ्कनको क्षेत्रमा सक्रिय थिए । उनले कागबेनीलगायतका केही फिल्ममा छायांकन गरेका थिए । त्यस्तै दर्जनौँ म्युजिक भिडियो, विज्ञापन फिल्म, डकुमेन्ट्री फिल्म छायांकन गरेका छन् ।


Author

थप समाचार
x