कला

म्युजिक भिडियोमा पहिलोपल्ट जितु

इकागज |
कात्तिक २५, २०७७ मंगलबार १३:३२ बजे

काठमाडौं: कलाकार जितु नेपालले पहिलोपल्ट म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा पहिलोपल्ट अभिनय गरेका हुन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा जितुले टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकालसँग कम्मर मर्काएका छन् ।  

आफूले अहिले सम्म म्युजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाच्दा रमाइलो अनुभव भएको बताए । राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ । माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । 



गीतमा जितु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ । गायनमा रुचि राख्ने स्ट्यान्डअप कमेडियन राजा राजेन्द्रले यसअघि पनि थुप्रै गीतमा आवाज दिएका छन् । 

 

 


Author

थप समाचार
x