कला

‘मेरो डान्स कप’ र ‘भ्वाइस कप युएसए’को उपाधि रेनुका र प्रवीणलाई

इकागज |
साउन ३०, २०७९ सोमबार १०:२१ बजे

काठमाडौँ- इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप युएसए ४ र ‘मेरो भ्वाइस कप युएसए २’ उपाधि क्रमशः रेनुका राई र प्रवीण बर्देवाले जितेका छन् । अमेरिकाको कोलम्बस सहरमा आयोजना गरिएको कार्यक्रममा उपाधि जितेसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेका छन् । 

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि शीतल शर्माले जितेकी छिन् ।


‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए ।

दर्शकले भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगितामा दर्शकको बाक्लो भिड थियो । सोमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्स्तुति दिएर  दर्शकलाई नचाएका थिए ।

यस्तै, कार्यक्रममा कलाकारहरु साराङ्गा श्रेष्ठ, दीलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।यो सोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरुले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा फाउन्डेसनले आउँदो बर्षदेखि ‘मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिन सक्नेछन् । 


Author

थप समाचार
x