कला

इन्गेज्मेन्ट तोडेकी मेलिना राई भन्छिन् : मेरो दोश्रो निर्णय- पितृसत्तात्मक सोचको विरुद्ध

इकागज |
साउन ३०, २०७९ सोमबार १९:५३ बजे

काठमाडौँ- गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेज्मेन्ट तोडेपछि समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी रहेको बताएकी छन् ।

केही समय अगाडि मात्र मेलिनाले संगीतकर्मी बराइलीसँग गरेको इन्गेज्मेन्ट तोडेकी थिइन् । इन्गेज्मेन्ट तोडेपछि उनले आज आफ्नो स्टाटस मार्फत आफूले गरेका निर्णयहरु विद्यमान जातीय विभेद र पितृसत्तात्मक सोचको विरुद्धमा भएको बताएकी छिन् ।


उनले लेखेकी छिन्, ‘मेरो पहिलो निर्णय– समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

मेलिनाले इन्गेज्मेन्ट तोडेकाे खबर बाहिरी रुपमा ल्याएपछि धेरैले उनीप्रति टिकाटिप्पणी गर्दै आएका थिए ।


Author

थप समाचार
x