कला

हर्क र बालेनलाई दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

इकागज |
भदौ ३, २०७९ शुक्रवार १३:४९ बजे

काठमाडौँ- तीन दिनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरूको समर्थक निराश बनेका छन् ।

काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरूबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरूबीच घोचपेच चलेको हो । ‘काठमाडौँको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् । 


यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरूको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारकाे रुपमा उनीहरू निर्वाचित भएका हुन् । 

उनीहरूबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् । 

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’


Author

थप समाचार
x