कला

पल शाह मुद्दाको पेशी आज, फैसला आउनसक्‍ने

इकागज |
भदौ १४, २०७९ मंगलबार १०:५९ बजे

फाइल तस्बिर

पोखरा- अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
 
अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्‌न सक्ने तथा थुनामा रहनुपर्ने दुवैमध्ये एकखाले फैसला आउन सक्नेछ । 

गत ३० चैतदेखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् । 



Author

थप समाचार
x