कला

कार्यक्रममा कुनै संलग्‍नता नरहेको स्पष्टोक्ति

नेपाल्स फिल्म फेस्ट : स्वीकृतिविनै आफ्नो तस्बिर पोस्टरमा राखिएको भन्दै विजय लामाको असन्तुष्टि

इकागज |
माघ १८, २०७९ बुधबार ९:५८ बजे

काठमाडौँ - क्याप्टेन विजय लामाले दुबईमा हुन गइरहेको नेपाल फिल्म फेस्ट, २०२३ मा सहभागी हुने भन्दै आफ्नो तस्बिरसमेत राखेको भन्दै असन्तुष्टि जनाएका छन् ।  कार्यक्रमलाई लिएर विवादास्पद कुराहरू बाहिर आइरहेका बेला स्वीकृतिविनै आफ्नो तस्बिर राखिएको भन्दै लामाले असन्तुष्टि जनाएका हुन् । 

उनले उक्त कार्यक्रममा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । आइन्दा कसैले पनि आफ्नो तस्बिरहरू चलाउन परे पूर्व सूचना या स्वीकृति लिएर मात्रै गर्न उनको आग्रह छ । 'केही समययता यो कार्यक्रम लिइ विवादास्पद कुराहरू अनि समाचारहरू सामाजिक सन्जालमा छ्यापछ्याप देख्न थालेको छ !,' उनले लेखेका छन्, 'अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखे! न मलाई यसबारे जानकारी नै छ न निमन्त्रणा नै । न मलाइ सहभागिता जनाउन समय नै छ! यसरी लिखित स्वीकृति बिनानै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ?'



Author

थप समाचार
x