कला

प्रताप सुब्बाको सिने-यात्रा : प्रोड्युसरहरू फाइटिङ-साइटिङ, नांगोहरू-सेक्सहरू भन्थ्यो, म मन पर्दैन भन्थेँ

प्रताप सुब्‍बा |
बैशाख २८, २०७८ मगलवार ९:३४ बजे

दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बा मौलिक नेपाली फिल्मका प्रणेता मानिन्छन् । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो र साहित्यलाई सबैभन्दा प्रभावकारी रुपमा अंगीकार गरिएको फिल्म । दार्जिलिङमै रहेर ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘मसाल’ जस्ता चलचित्र बनाएका सुब्बा लेखक÷निर्देशक नीर शाहका अनुसार बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन ‘स्कुल अफ थट’का निर्देशक हुन् । ४० को दशकमा नेपाल आएका उनी थुप्रै टेलिफिल्म र केही फिल्म बनाएर ५० को दशकमा फेरि दार्जिलिङ नै फर्किए । पछिल्लो समय उनले फिल्म बनाएका छैनन् तर बनाउनेको बीचमा भने सधैँ चर्चामा रहने गरेका छन् । यिनै सुब्बा यो पटकको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को एउटा सत्रमा आफ्ना कुरा सुनाउन उपस्थिति थिए । ‘झोला’ निर्देशक यादव भट्टराईले सहजीकरण गरेको सो सत्रमा सुब्बाले आफ्नो फिल्मी कहानी यसरी सुनाए :

०००
म कसरी फिल्ममा आएँ मलाई थाहा छैन । सानोमा स्याडो प्लेहरू गरेर साथीहरूलाई मनोरञ्जन दिन्थेँ । पशुपतिनगर नजिकको सुके पोखरीमा मेरो जन्म भएको हो । गाडीमा आधा घन्टामा नेपाल पुगिन्छ । आमाबुबा त्यताबाट बसाइँ सरेर दार्जिलिङ आइपुगेको हो ।


मेरो घरमा बुबा चैँ नाटक, गीत- संगीत नरुचाउने । तर, म चैँ गीतहरू पनि गाउँथेँ । मलाई गायककारूपमा पनि चिन्छन् । पेन्टिङ, मूर्ति, स्केच पनि बनाउँथे । गर्भनरबाट सम्मान पनि पाएको थिएँ । मैले नाटकमा पनि काम गरेको छु तर पर्दा पछाडि । साउन्ड इफेक्टहरू दिन्थेँ । स्टेजक्राफ्ट पनि गर्थेँ । भनूँ न सानैदेखि यतातिर लगाव थियो । 

नीर शाहको डेब्यु 
यसो गर्दागर्दै मैले वेस्ट बंगालको सरकारबाट डकुमेन्ट्री बनाउने अवसर पाएँ,‘दार्जिलिङको सइस केटा’ नामको । दार्जिलिङमा पहिला पहिला पर्यटकलाई चौरस्तामा घोडा चढाएर  घुमाउने गरिन्थ्यो । त्यसरी घोडामा चढाएर घुमाउनेलाई सइस भनिन्छ ।

मैले नीर शाहलाई पहिलो पल्ट अभिनय गराएको त्यसै फिल्ममा हो । नीर शाह यहाँको नर्थ प्वाइन्ट सेन्ट जेभियर्स स्कुलमा पढ्दो रैछ ।  मलाई एक जनाले उहाँको बारेमा भन्यो । ‘नेपालको केटा हो । स्कुलको प्रोग्राममा पनि भाग लिइरहन्छ । एकदमै मेहनतिलो छ ।’


म भेट्न गएँ । सानो फुच्चे हिस्सी परेको राम्रो देखिने । हाँस्दा पनि मीठो मुस्कान । बोलीचाली, स्वभाव सबै मीठो । मैले यस्तो यस्तो छ गर्छौ भनेर भनेपछि गर्छु भन्यो । यसपछि पोनीब्वाई (Ponny boy)  भन्‍ने फिल्म बनायौँ  ।यो डकुमेन्ट्री ३५ को एरिफ्ल्याक्सको क्यामराले खिचेका थियौँ । ब्ल्याक एन्ड ह्वाइट थियो । यो झन्डै सन् १९७२को बेला हो ।

दार्जिलिङमा सुटिङ सकेपछि मैले कलकत्ताको ल्याबमा काम गरेँ । काम गर्ने सबै बंगाली थिए । भाषा बुझ्दिनथेँ । १० मिनेटको डकुमेन्ट्री बनाउन झन्डै एक वर्ष लाग्यो । पछि थाहा पाएँ, फुच्चे भनेर हेपेछ । ढिलो गरी गरी मेरो पैसा खाने रछ । 

तर, मलाई एक वर्षले धेरै सिकायो । गंगा धर्नस्कर भन्‍ने फिल्मको सम्पादक थिए । मृणाल सेन, सत्यजित रेहरुसँग नि काम गरेको । उसले मलाई मार्ककहाँ गर्नु भनेर सोध्थ्यो । मैले बताउँथे । यसरी उसबाट धेरै सिकेँ ।

एक वर्ष लगाएर मैले यो फिल्म बनाइसकेँ । तर, ढिला भए पनि राम्रै भयो । सरकारले पनि मन परायो । यसैले सरकारले मलाई  अर्को  डकुमेन्ट्री बनाउने काम दियो ‘स्प्रिट अफ दि हिल’ नामको । नेपालीमा चैँ मैले यसको नाम ‘देउरालीको माया’ राखेँ । यसमा चैँपहाडले तराईलाई कति माया गर्छ र तराईले पहाडले कति गर्छ भन्‍ने सन्देश थियो । यो पनि राम्रै भयो । 

दुःखले बन्यो परालको आगो 
हामीले स्कुलको कोर्समा नै ‘परालको आगो’ पढ्न पथ्र्यो तर यो कथा पढ्दा मेरो दिमागमा पूरा पिक्चर आउँथ्यो । यसलाई लिएर मैले नाटक पनि बनाएको थिएँ । भित्रभित्रै यसको केही बनाऊँ भन्‍ने लागिरहन्थ्यो । हामीसँगै उसबेला टंक शर्मा दाजु पनि कलाकारिता गर्ने । उहाँ ठूलो कमेडियन ।

उहाँलाई हेर्दा चामे चामे जस्तो लाग्यो । ‘मैले फिल्म बनायो भने तपाईंलाई हिरो बनाउँछु ल’ भन्दा ‘ल ल’ भन्थ्यो । त्यस्तै चाँजो मिलेर मैले ‘परालको आगो’ थालेँ । 
वसुन्धरा भुसाललाई मैले नेपालको कमेडी रोलमा हेरेको थिएँ । उसलाई पनि गौँथली गौँथली जस्तो लाग्थ्यो ।

अनि उसलाई काठमाडौँबाट बोलाएर खेलाएँ । तर वसुन्धरालाई लिएकोमा दार्जिलिङमा मेरो कुरा पनि काटियो । दार्जिलिङमा खोज्दै नखोजी बाहिरबाट ल्यायो भनेर । तर मलाई के लाग्थ्यो भने सिमानाले हामीलाई छुट्टाए पनि साहित्य र कलामा हामी एक छौँ । मैले यही सोचेर नेपालबाट वसुन्धरा भुसाललाई बोलाएँ । 
यसरी परालको आगो बन्यो ।

मलाई धेरैले ‘तेरो फिल्म परालको आगो बराबर भएन नि’ भनेर भन्छन् । सत्यजित रेको पनि ‘पाथेर पाञ्चाली’ बराबर भएन नि । तर बनाउने बेलाको भने बेग्लै कथा छ । मैले डकुमेन्ट्रीबाट २० हजार जति पाएको थिएँ । यो बनाउनलाई बासँग पनि ऋण लिएको थिएँ । बालाई पनि तिरेँ । दुइटा फिल्ममा काम गरेपछि केही बंगालीसँग दोस्ती भएको थियो । खासगरी सुनिल मुखर्जी । उसले ‘ए सुब्बा फिचर बना नत्र त तेरो यो पैसा सक्छ । यसैमा थपथाप गरेर बना’ भनेर भन्थ्यो । 

वसुन्धराको जवानीको बेलाको फ्ल्यासब्याक खिच्नु थियो । कसरी जवान देखाउने होला भन्‍ने मनमनै सोचिराको । वसुन्धरा आयो । हेर्छु त ऊ त रसियामा गएर झन् तरुनी पो भएर आएछ ।अनि त वसुन्धरा तिमी त झन् तरुनी पो भएर आएछ त ? कसरी भयो है यस्तो ? भनेर सोधेको त रसियामा भिटामिन खान दिएर यस्तो बनायो दाइ भन्यो । ‘हामी त भिटामिन खान नपार पो यस्तो भाको रैछ दाजु’ भन्यो । 

मैले यति पैसाले कहाँ पुग्छ भनेर भनेँ । उसले टेक्निसियनलाई म मनाउँछु । १ सय ५० अग्रिम दिएपछि मान्छ भन्यो । हो त हो भनेर हामीले सुटिङ सुरु गर्र्यौं । तर पैसा बीचैमा सकिइहाल्यो । कालिम्पोङको पुदुङ बस्तीमा सुटिङ गरेको ।

उधारोमा खायौँ । हामीले सिंगै घर लेका थियौँ। सबै त्यहाँ सुत्यौँ । वसुन्धरालाई मात्र राम्रो घरमा राखेँ । हामी यहाँ जे पनि खान्थ्यौँ । वसुन्धरालाई भने मसिना चामल खुवाउँथ्यौँ । पछि वसुन्धराले थाहा पायो, र मपनि उता बस्दिनँ ।

मलाई मीठो पनि चाहिँदैन । तपाईं जस्तो खानुहुन्छ, म नि त्यस्तै खान्छु भनेर हामीसँगै बस्न थाल्यो । तर यति गर्दा पनि फिल्म आधा आधा मात्र सकियो । आधा फिल्म नै लिएर कलकत्ता गयौँ । यही बेला वसुन्धरा रसिया गएछ र दुर्घटनामा परेछ । एक महिना उतै बसेछ । 

एक दिन सुनिलले नै नेपालबाट हलको मालिक आको छ रे मेट्न जाऔँ भन्यो । उसले नेपाल राइट लिएदेखि हामी बाँकी सुटिङ सक्छौँ भन्‍ने थियो । हामी त्यही भन्‍न भनेर गयौँ । अगाडिको नाम बिर्से, जोशी थर थियो उनको । हामी भेट्न गयो ।

सुनिल थापा जो पछि गएर नेपालमा चर्चित भिलेन बन्यो उसबेला मुम्बईमा खाली थियो । उसको‘एक दुजे कि लिए’ खुब हिट भएको थियो तर उसलाई मुम्बईमा कसैले लिएन । उसलाई नेपाली फिल्म खेल्छस् भनेर मैले लिएको हो । अहिले त नेपालमा व्यस्त छ क्यारे ।

तर उहाँलाई एउटा बिरामी रैछ । बोल्दाबोल्दै निदाइहाल्ने । कुरा गरिराछ, घुर्न थालेको छ । मुस्किलले हाम्रो कुरा सक्यौँ । ‘स्टुडियो आएर हेर्नु नि फिल्म’ भनेर त्यहाँ निस्कियौँ ।  कोलकाताको टलीगन्जमा स्टुडियो थियो । नभन्दै एक दिन आयो । तर, फिल्म के हेर्नु, निदाइबस्यो ।

म चैँ फिल्म हैन जोशीजीलाई हेरिरहेँ, कतिखेर आँखा खोल्छ ? फेरि निदायो कि भनेर । सुत्दै हेरेर के बुझ्यो भन्‍ने थाहा पाएन तर हेरिसकेपछि  ल ५० हजारमा किन्छु भन्यो । २५ हजार दिई पनि हाल्यो । 

यो २५ हजार लिएर मैले उधारो तिरेँ । अनि सुटिङ गर्न पनि बच्यो । सुटिङ गर्ने भनेपछि वसुन्धरालाई बोलाइयो । वसुन्धराको जवानीको बेलाको फ्ल्यासब्याक खिच्नु थियो । कसरी जवान देखाउने होला भन्‍ने मनमनै सोचिराको । वसुन्धरा आयो । हेर्छु त ऊ त रसियामा गएर झन् तरुनी पो भएर आएछ ।

अनि त वसुन्धरा तिमी त झन् तरुनी पो भएर आएछ त ? कसरी भयो है यस्तो ? भनेर सोधेको त रसियामा भिटामिन खान दिएर यस्तो बनायो दाइ भन्यो । ‘हामी त भिटामिन खान नपार पो यस्तो भाको रैछ दाजु’ भन्यो । 

यसरी फिल्म सकियो । जम्मा १ लाख २५ हजारमा फिल्म सकिएको थियो । यो फिल्मबाट कति पैसा आयो के भयो थाहै भएन । ‘परालको आगो’ सफल भयो । म यत्तिकै धनी भएँ । दार्जिलिङबाट बनेको यो पहिलो फिल्म थियो । भर्खरै भारतको विकिपिडियामा पनि मबारे एक पेज लेखेको छ । म यत्तिकै करोडपति भएको छु । 
यसपछि मैले ‘बाँच्न चाहनेहरू’ चलचित्र बनाएँ । मैले यसमा हामी गोर्खालीहरू कहाँ जाँदेछौँ भनेर एक्स-रे गरेको थिएँ । तर मेरो उसबेला धेरै नै आलोचना पनि भयो । यसमा नेपालीहरू कसरी वेश्या हुन् बाध्य छन् भन्‍ने देखाउन खोजेको थिएँ । रोग देखाउँदा उल्टै रिसाए ।

‘यसले खाली दार्जिलिङको गरिबी मात्र देखाउँछ’ भन्यो । हुँदाहुँदा ‘परालको आगो’मा उपियाँ मारेको, जुम्रा मारेको आदि देखायो पनि भन्यो । यो फिल्म १९८२ (२०४०) सालमा रिलिज भयो । तर यो फिल्म चलेन । सुरु सुरुमा कमान बस्तीबाट, टि गार्डेनबाट हुलका हुल मान्छे हेरिरहेको थियो । तर, मिडियाले के लेखेछ कुन्‍नि, आउनै छाड्यो । 

हलवालाले नेतालाई बोलाएनौ कि के हो भनेर पनि सोध्यो । बंगालीहरूले स्टुडियोमा हेर्दा एकदम राम्रो फिल्म बनाको छ तर अहिले बुझ्दैन है सुब्बा भनेर भन्थ्यो । आज बल्ल गोर्खेहरूको आन्द्राभुँडी देखाको रैछ भनेर भन्छ । 

यसपछि मैले ‘मसाल’ बनाएँ । यो सिक्किमबाट प्रडक्सन भएको हो । सिक्किमबाट कुनै सिनेमा बनेको थिएन । दार्जिलिङको दुई जना केटा सिक्किममा काम गथ्र्यो । उनीहरूले प्रताप दाजुलाईबोलाएर फिल्म बनाउनु पर्यो भनेर मलाई बोलाएको थियो । त्यसमा रूख, जंगल मास्नुहुन्‍न भन्‍ने सन्देश थियो । सरकारले नै बनाएको थियो त्यो भन्दा नि हुन्छ । मुख्य हिरो नै फरेस्ट अफिसर थियो । 

१०-१५ जना बिजनेस मेन, एमएलएमिलेर बनाको फिल्म थियो हो । १५-१६ लाख जम्मा भयो । सिक्किमबाट बनाउने भनेपछि उनीहरूले डेनीलाई भनेछ । उसको भान्जा उगेन छोपेल डेनीसँगै मुम्बई बस्थ्यो । उसलाई नै भनी पठायो होला । पछि डेनीले उगेनलाई सोधेछ ‘सुब्बा कस्तो हो?’ भनेर । उसले राम्रै भनी पठायो होला, डेनी खेल्ने भयो । हिरोइन पनि मुम्बईकै लेको थिएँ । यो फिल्ममा सुनिल थापालाई भने मैले बोलाको हो । 

सुनिल थापा जो पछि गएर नेपालमा चर्चित भिलेन बन्यो उसबेला मुम्बईमा खाली थियो । उसको‘एक दुजे कि लिए’ खुब हिट भएको थियो तर उसलाई मुम्बईमा कसैले लिएन । उसलाई नेपाली फिल्म खेल्छस् भनेर मैले लिएको हो । अहिले त नेपालमा व्यस्त छ क्यारे ।

‘कहीँ अँध्यारो कहीँ उज्यालो’लाई भने कम्युनिस्ट चलचित्र भनेर चल्न दिएन । यो फिल्ममा मैले धनी र गरिबबीचको विभेददेखाउन खोजेको थिएँ तर कसोकसो यसलाई कम्युनिस्ट चलचित्रको ट्याग लाग्यो । 

पछि मात्र थाहा जय धमला जो यो फिल्मको लेखक हुनुहुन्थ्यो उहाँ चैँ कम्युनिस्ट रैछ । जो हिरो खेलाको थिएँ मैले, रतनलाल ब्राह्मणको नाति रैछ । कट्टर कम्युनिस्ट थिए, रतन । प्रकाश राईलाई संगीतकार लिएको थिएँ । उहाँ पनि कम्युनिस्ट रैछ । ज्योति बसुको कम्युनिस्ट सरकार थियो ।

२०५० सालमा ‘चट्याङ’बनाएँ । कथा-पटकथा पनि मैले लेखेको हो । नाम चैँ असिस्टेन्टको राखिदिएको छ । ‘मेरो नाम राख्दिनुस् न हो’ भन्यो । मैले हस् भनेर राखिदिएँ । यो त मैले हाउडेमा लेखेको हो । पछि त प्रोड्युसरले त्यही पो मन परायो ।

क्षेत्रीय भाषामा फिल्म बनाउनेलाई डेढ लाख दिने रैछ । यो मैले लिएँ । त्यो त कम्युनिस्टले देको त हैन नि । सरकारले पो देको त । यसरी चारैतिरबाट यो कम्युनिस्टको भुङ्ग्रोमा पर्यो । हल खुलेको दिन अलि अलि मान्छे आको थियो, त्यो पनि सुवास घिसिङको पार्टीको मान्छे आएर हल अगाडि परेड खेल्न थाल्यो । दर्शक भाग्यो । हामी रिल बोकेर यत्तिकै घर फर्कियौँ । 

सुवास घिसिङलाई भेटेर भनेको पनि थिएँ । बोर्ड बसेर हेर्नु । साँच्चिकै कम्युनिस्ट फिल्म लाग्यो भने बन्द गर्दिनु । देखाउनुस् न देखाउनुस् भन्यो । पछि फिल्म हल अगाडि त्यस्तो गर्यो । यसपछि दिक्क लागेर म काठमाडौँ लागेँ । 
गुरुचेलाको साझेदारी 
काठमाडौँ आएपछि ‘टेलिभिजन खुलेको छ, नीर शाह हाकिम छ’ भन्‍ने थाहा पाएपछि म भेट्नु गएँ । नीर शाह मलाई देखेर खुसी हुनुभो । ‘ए गुरु आउनु भो ल, अरू त अरूले पनि बनाइरहेको छ । कलात्मक फिल्म बनाउनु पर्यो’ भनेर भन्‍नु भो । यसरी मैले चाहेको फिल्म बनाएँ ।

मलाई फिचर फिल्म दिन चैँ निर्माता डराउने । पछि राजेन्द्रकृष्ण मानन्धरले ल फिल्म बनाऔँ भन्यो । भिडियो फिल्म ‘बन्द पर्दाभित्र’ भन्‍ने भिडियो फिल्म बनायौँ । खै कसरी भो, राम्रो पो भएछ । नीर शाहलाई देखाको त राम्रो छ । ल सेन्सर गर्नुस् भन्‍नु भो । प्रदर्शनीमार्गमा चलाइयो । खुब चल्यो । तर यसबाट कति पैसा आयो भन्‍ने थाहा भएन । 

म त्यतिबेला म्हेपीमा बस्थेँ । ‘दिदी’को प्रोड्युसरलाई पनि हाम्रो व्यथा सर्यो । दिदी भाइको सम्बन्धमा थियो यो फिल्म । तर यो राम्रो चलेन हो । हलवाला फाइट चैँ कति छ भनेर सोध्थ्यो । मैले त ‘छैन हो’भन्थेँ नाक खुम्चाउँथ्यो । फर्मुला त त्यस्तो पो रैछ त । मिथिला शर्मा, सरोज खनाल दुवैले कस्तो राम्रो काम गरेको थियो । तर व्यापार चैँ राम्रो भएन । 

२०५० सालमा ‘चट्याङ’बनाएँ । कथा-पटकथा पनि मैले लेखेको हो । नाम चैँ असिस्टेन्टको राखिदिएको छ । ‘मेरो नाम राख्दिनुस् न हो’ भन्यो । मैले हस् भनेर राखिदिएँ । 

मेरोमा थुप्रो केटा आउँथ्यो । एउटा कथा लेख्नु न भनेर लेखेको थिएँ । यो त मैले हाउडेमा लेखेको हो । पछि त प्रोड्युसरले त्यही पो मन परायो । कति प्रोड्युसर आउँथ्यो, अलि रमाइलो फाइटिङ साइटिङ, अलिक नांगोहरू पनि सेक्सहरू पनि अलिकति बढाएर गर्नुपर्छ भन्थ्यो ।

मलाई त त्यस्तो बनाउन मन पर्दैन भन्थेँ । परिवार, समाज बसेर हेर्ने कथा मात्र मन पर्छ भन्थेँ । मलाई मन परेको चलचित्र दिदी हो । बाँच्ने चाहना हो । बाँच्ने चाहना यो चैँ मैले भित्रैदेखि बनाको हो । यसमा धेरै सन्देश छ । पछि मलाई कोले परालको आगो बनाउँदा दलितको सपोर्टमा बनाको रैछ भन्थ्यो । 

‘भीष्म प्रतीज्ञा’पछि चाहिँ फेरि म दार्जिलिङ नै फर्किएँ । यताको राजनीति देखेर दिक्क लाग्यो । तर फिल्म धेरै नबनाए पनि  ‘डायमन्ड एक्टिङ इन्स्टिच्युट’, ‘सिने युनिभर्स’ खोलेँ । यसबाट थुप्रो प्राविधिक जन्मियो । क्यामरा, एडिटिङ सिकाएँ । 

त्यतिबेला मैले डायमन्डको विद्यार्थीलाई लिएर ‘देउता’ भन्‍ने सिरियल बनाको थिएँ, त्यो अहिले युट्युबमा चल्दैछ । यो चैँ मैले सिक्किममा खिचेको । प्रकाश कोविद बित्नुभन्दा अगाडि ‘प्रताप भाइ, मेरो एउटा कथामा केही गर्दिनुस् न तपाईंले । फिल्महरू बनाइदिनोस् ।

पहिला मैले बनाएको ‘अर्को जन्म’ सब्बै बिगारिदियो, मत रून मात्र सकिनँ । तपाईंले गरिदिए खुसी हुनेथिएँ’ भनेर मलाई भनिराको थियो । त्यसैले गर्दा मैले ‘देउता’ बनाको ।

फिल्म बनाउने लोभमा  स्मगलिङ
फिल्म बनाउनुअघि ममा फिल्म बनाउने पागलपन थियो । महत्वकांक्षा बढी भयो भने पागल हुन्छस् भनेर गुरुज्यूले पनि भन्‍नुभएको थियो । अर्को अप्सन पनि चाहिन्छ गुरुको सल्लाहअनुसार तीन महिनाको पोल्टी फार्म र बंगुर फार्मको कोर्स गरेँ । अन्डा हेरेर नै भाले हो कि पोथी थाहा हुन्थ्यो, मलाई । 

फिल्ममा केही भएन भने मेरो १४ एकड जति जमिन थियो । त्यसैमा कुखुरा बंगुरपालन गर्छु भन्‍ने सोचेको थिएँ । काउब्वाई फिल्म टन्‍न हेरेको । त्यसैगरी ह्याट लगाएर गन लिएर हिँड्छु भन्‍ने सोचेको थिएँ । तर, यो चक्करमा झन्डै जेल गएँ ।

फिल्ममा आउन संघर्ष गरिरहँदा नै एउटा बिजनेसमेनसँग भेट भयो । नेपालकै हो, उहाँले भारतमा पनि व्यापार गर्नुहुन्थ्यो । भक्सवागन पनि थियो । ट्रक पनि थियो । कसो कसो म नजिक भएँ । मेरो इच्छा थाहा पाएपछि ल फिल्म पनि बनाउनु पर्छ भन्यो ।

फिल्म बनाउँछु भनेपछि त म यसका लागि मान्छे मार्न पनि तयार थिएँ । मेरो त्यो पागलपन देखेर उसले मलाई प्रयोग गर्यो भनूँ न । एक दिन पशुपतिनगरसम्म सामान आउँछ त्यताबाट तिमीले निकालेर ल्याऊ, यता ल्याएर बेच्नुपर्छ र नाफाबाट फिल्म बनाउनु पर्छ भन्यो । मैले पनि हो त भनेर  भरिया लगाएर राति नै सामानल्याएँ ।

तर, दुई चार दिनपछि अझै पैसा नपुग्‍ने भो,अझै एकचोटि गर्नुपर्छ भन्यो । त्यो चैँ सिक्किम पुर्याउनु पर्छ है भन्यो । त्यो पनि ल्याएँ । एकदमै बाठो रैछ । टेपरेकर्ड किनेर दियो र कलाकारको भ्वाइस रेकर्ड गर्दै गर है भन्यो । 

यसरी मलाई झुक्याएर के के बेचिबस्दो रैछ । उसबेला नक्सलाइटको आन्दोलन चलिरहेको थियो, उसलाई के गर्छ कि भनेर मलाई प्रयोग गर्दोरैछ । पछि त ट्रक, भक्सवागन छाडेर हरायो । केही दिनपछि भक्सवागन चैँ तिमीले लिएर राख भन्यो । लिएर जाँदै थिएँ, प्रहरीले समात्यो ।

कागजपत्र केही रैनछ । धन्‍न कस्टममा मेरो भिनाजु थियो र बच्यो । पछि भिनाजुले राम्रो मान्छेको संगतमा छैनौ भनेपछि बल्ल मेरो आँखा खुल्यो । फिल्म बनाउन हिँडेको मान्छे झण्डै जेलमा सडेको ।

अन्त्यमा,
म अहिलेका भाइबहिनीलाई के भन्छु भने, पहिला प्राविधिक रूपमा काम गर्न गाह्रो थियो । अहिले धेरै सजिलो छ । तर, महामारीमा म फिल्ममेकरलाई सुझाव दिन्छु, यो समयमा ट्रेनिङ लिऊँ, स्क्रिप्ट लेखूँ, गीत लेखूँ । अहिलेको सबै कुरा खुलेपछि काम लाग्छ नि !

(प्रस्तुति : सामीप्यराज तिमल्सेना)

    


Author

थप समाचार
x