सागर नेपाल र दारिया हुसेन बने मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स
काठमाडौँ– मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स इन्टरनेसनलको चौथो संस्करणको विजेता इरानकी दारिया हुुसेन र नेपालका सागर नेपाल भएका छन् । ब्लाइन्ड रक्स नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाललगायत अमेरिका, बेल्जियम, इरान, भारत, मलेसिया र नेपाल गरी ६ देशका किशोरकिशोरीले भाग लिएका थिए ।
यसपटक विश्वभरिकै दृष्टिविहीनलाई समावेश गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । सहभागी हुन इच्छुक ५० जना सहभागीमध्ये २० जनालाई अनलाइन माध्यमबाट छनौट गरिएको थियो । उनीहरूलाई एकसाता विभिन्न जीवन उपयोगी तथा नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिइएको थियो ।
ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसी संस्थाले आँखाको ज्योती गुमाएका हजारौँलाई उज्यालो छरिदिएको बताउँछिन् । ‘हाम्रो आफ्नै कार्यालय छैन,’ उनी भन्छिन्, ‘क्याफेमा बसेर आफ्नो काम गर्नुपर्ने बाध्यता छ । तर, पनि कामप्रतिको विश्वासले हामीले विभिन्न कार्यक्रम सञ्चालक गर्न सफल भएका छौँ ।’
मिसटर एण्ड मिस ब्लाइन्ड रक्सका निर्णायकमा पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा, नायिका सुरक्षा पन्त र टेलिभिजन कार्यक्रम निर्देशक÷निर्माता सुरजसिंह ठकुरी रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया