कला

ज्ञवालीको पुस्तक बेलायती प्रकाशनले बजारमा ल्यायो

इकागज |
जेठ १६, २०८० मंगलबार १०:४३ बजे

काठमाडौँ- नेपाली मुलकी श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । बेलायती प्रकाशक अष्टिन म्याक्कले पब्लिसर्सले उनको पुस्तक प्रकाशन गरेको हो ।

अंग्रेजी साहित्यमा लोकप्रिय ‘टिन फेन्सासी’ विधाको पुस्तकलाई प्रकाशकले १५ वर्षदेखि १७ उमेर समूहलाई लक्षित भनेको छ । तथापि पुस्तकको कथावस्तुले अन्य उमेर समूहकालाई पनि तान्ने प्रकाशकको दाबी छ।


‘द डार्क सेक्रेट्स अफ अन्नेम’ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कँदै गर्दा उनको पहिचानको खोजी र उनी बाँचेको क्रूर यथार्थसँग संघर्ष गर्न बाध्य हुन्छिन्।

पुस्तककी लेखीका आफै किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखिका सन् २०११ (विसं २०६८) मा उनको परिवारसँगै क्यानडा सरेकी थिइन्।

त्यस समय उनी २२ महिनाको मात्र थिइन् । क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखि साहित्य लेखनमा रुचि रहेकाले अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन्।

यो उपन्यास श्रयन्शीको पहिलो प्रकाशित पुस्तक हो । २४० पृष्ठको पुस्तक मे २६ मा बजारमा आएको हो । यसलाई अनलाइन साइट ‘अमेजन’बाट संसारभरिबाट खरिद गर्न सकिन्छ।


Author

थप समाचार
x