कला

स्वस्तिमा खड्काले सांसद शाहलाई भनिन्- मेरो तस्बिरका कुरा संसद्‌मा उठाउनु पर्‍यो

इकागज |
जेठ २७, २०८० शनिवार ११:५० बजे

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । 

आफ्नो फेसबुक वालमा 'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरूले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको तस्बिर हेरर विभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।


यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त ।’ 

जवाफमा खड्काले लेखेकी छिन्- ‘यो कुरा सदनमा उठाउनु पर्‍यो ।’  

सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता बिपिन कार्कीले भने- ‘आम्मामा.... ।’ 

अभिनेत्री दिपाश्री निरौलाले भनिन्- ‘भेरी इम्प्रेसिभ ल ।’ 

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईंले तस्बिरमा लेखेकी छिन्- ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो ।’ 


Author

थप समाचार
x