कला

काठमाडौँ महानगरले भोलिदेखि कुनै पनि भारतीय फिल्म चल्न नदिने

इकागज |
असार ३, २०८० आइतबार १७:० बजे

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भोलि (सोमबार)देखि महानगरभित्र कुनै पनि भारतीय चल्न नदिने भएको छ । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्' भन्ने विवादित अंश नहटाएपछि महानगरले भोलिदेखि भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने तयारी गरेको हो । 

काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भारतमा उक्त विवादित अंश नहटाइकनै प्रदर्शन भइरहेकाले महानगरले यस्तो निर्णय गरेकाे बताए । ‘हामीले उक्त अंश हटाउन तीन दिनको समय दिएका थियौँ । तर, तीन दिन बितिसक्दा पनि फिल्मबाट त्यो अंश हटाइएन,’ बजगाईंले इकागजसँग भने, ‘भारतले सधैं हाम्रो राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार गर्दै आएको छ । यसपल्ट हामी त्यो स्वीकार्दैनौँ ।’


नगर प्रहरीले आज महानगरभित्रका हलहरूमा गएर सोमबारदेखि कुनै पनि भारतीय फिल्म नचलाउन आग्रह गरेको उनले जानकारी दिए । 

मेयर बालेनले गत बिहीबार उक्त विवादित अंश नहटाइ नेपालसहित अन्य देशमा समेत प्रदर्शन गरेमा भारतीय फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए ।


Author

थप समाचार
x