कला

समालिन्छ कहिले मन कहिले फाटे जस्तो लाग्छ (गजल)

सबिन निरौला |
असार ३०, २०८० शनिबार १७:४१ बजे

१)

समालिन्छ कहिले मन कहिले फाटे जस्तो लाग्छ


भाग्यले नि बारम्बार मलाइ नै ढाटे जस्तो लाग्छ

 

विधाताले  भाग्य  लेख्दा  लेख्दा हजुर

मेरो  भाग्य  अरुसङ्गै साटे जस्तो लाग्छ।।

 

दु:ख मात्र भोग्न परेर हो कि आजकल त

मेरो भागमा परेको खुसी काटे जस्तो लाग्छ।।

 

विधाताले पनि खै घुस लिने रहिछ्न् क्या हो

भाग्य लेख्दा आफ्नो मान्छे छाटे जस्तो लाग्छ।।

***

२) गजल

चाहाना फरक छन तर मन एउटै त हो।

कालो  होस् वा गोरो बदन एउटै त हो।

 

कसैको महल  होला  कसैको झोपडी

विवाहमा निस्केको लगन  एउटै त हो।।

 

रहनसहन, लवाईखवाई बदलिए पनि

भित्री आत्माको  धड्कन  एउटै त हो।।

 

याद बस्यो  तिम्रो मुटुमा मेरो दिमागमा

जहाँ जता बसे पनि जतन एउटै त हो।। 

 

कसैले  कसै  प्रति  घृणा गर्नु छैन यहाँ

सबैलाई आ आफ्नो चलन एउटै त हो।। 

 

उसले चोरी  ल्यायो मैले कमाएर ल्याएँ

तराजुमा  राख्दा जाने धन एउटै त हो।।

 

घाटमा लैजाने मलामी कम बढी होलान्

सबैको जाने बाटो र कफन एउटै त हो।।

***

३)

 

के कसरी  मायामा डुबेको थाहा भएन।

बचाउँदै  अस्मिता  गुमेको थाहा भएन।

 

कस्तो जादु थियो खै बोलीमा भुलाउने

एक छिनमै  ऊसँग घुलेको थाहा भएन।।

 

प्राण भन्दा प्यारो इत्जत हुन्छ नारीको

उसको मुटु  भित्र  लुकेको थाहा भएन।।

 

समालिँदै थिएँ कतिसम्म त म आफैँमा

कति खेर  फरिया  उठेको थाहा भएन।।

 

सियो  देख्दा पनि  डराउने  मान्छे हुँ म

पानीको फोका झैँ फुटेको थाहा भएन।।

 

उसैको अर्धाङ्गिनी हुन बाध्य भएँ अब

मायाको  चिनारी  घुसेको  थाहा  भएन।।

 

 


Author

थप समाचार
x