पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’
फाइल फोटो
काठमाडौं - एकल आमाको जीवन, संघर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छिन् । मंगलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेको प्रतिक्रिया दिइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।”
विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी थिए ।
चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक बनेको बताए । उनले भने, “नारीले भोगिरहेको जीवनलाई पर्दामार्फत समाज र परिवारलाई बुझाउने प्रयाश गरिएको छ । यो परिवारका सदस्यहरू एकसाथ आएर हेर्नुपर्ने चलचित्र बनेको छ ।”
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया