सौरभ ज्योतीको गीत ' छ जी ' सार्वजनिक
काठमाडाैँ– ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले 'छ जी' बोलको गीत सार्वजनिक गरेका छन् । उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् ।
छ जीको मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् ।
ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको छ जीले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ । नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमिका दर्शकहरू माँझ गहिरो छाप छोड्ने छ ।
एउटा कलाकारका रूपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए जसले संगीतप्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ । त्यसैगरी, यसै भिडियो मार्फत् मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्राेडक्सन गरेका छन् ।
संगीत प्रेमीहरूका लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया