कला

कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित

इकागज |
भदौ १२, २०८० मंगलबार १८:४९ बजे

तस्बिर : बिबेक बस्याल

काठमाडौँ- कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार' बाट राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान प्रदान गरेका हुन् । 'महापुरुष' चलचित्रबाट उत्कृष्ट अभिनेताकाा रूपमा हरिवंश सम्मानित भएका हुन् ।

यस्तै 'प्रकाश' बाट उत्कृष्ट अभिनेत्रीमा दिया सम्मानित भएकी छिन् ।​​ त्यस्तै जुरी स्पेसल मेन्सनमा 'ऐना झ्यालको पुतली' र 'गोर्खा विनिथ द ब्रेभरी' उत्कृष्ट भएका छन् ।


कार्यक्रममा उत्कृष्ट निर्देशकमा 'प्रकाश' चलचित्रबाट दिनेश राउत, ​उत्कृष्ट ​छायांकन विधामा 'लप्पनछप्पन २' बाट पुरुषोत्तम प्रधान, उत्कृष्ट सम्पादन 'दोष' बाट निमेष श्रेष्ठ, उत्कृष्ट पटकथा 'चिसो मान्छे' बाट दीपेन्द्र के खनाल र विशेष फिल्ममा 'चिसो मान्छे', 'प्रसाद २' र बुलाकी छानिएका छन् । 


Author

थप समाचार
x