कला

गायक नविन पौडेललाई पितृ शोक

इकागज |
असोज ६, २०८० शनिबार १८:० बजे

काठमाडौँ- पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतका गायक नविन पौडेललाई पितृ शोक परेको छ । गायक पौडेलका बुवा महेन्द्रकुमार पौडेलको ९५ वर्षको उमेरमा झापाको केरखास्थित आफ्नै निवासमा निधन भएको भएको हो ।

केटिएम भ्वाइसका शुभेच्छुक समेत रहेका गायक पौडेलका बुवाकाे गत भदौ २६ गते निधन भएको हो । उनी ताप्लेजुङको तिरिङ्गेमा १९८५ साल जेठमा जन्मिएका हुन् ।


पौडेलको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतले राम्रो बजार तताएको संगीत पारखीहरूबीच चर्चा छ । पौडेल अभिनयबाट गायन क्षेत्रमा आएका हुन् ।


Author

थप समाचार
x