कला

‘हसिन दिलरुबा’को पहिलो रोजाइ थिइनन् तापसी

इकागज |
जेठ ३१, २०७८ सोमबार १४:१० बजे

मुम्बई :  नेटफ्लिक्समा रिलिज हुने फिल्म ‘हसिन दिलरुबा’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको छ । फिल्ममा फेरि एक पटक तापसी पन्नूले उम्दा अभिनय गरेको प्रारम्भिक प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जालमा उनको तारिफ गरिएको पोस्टहरू पर्याप्त देखिएका छन् । 

तर, तापसी यो फिल्मको पहिलो रोजाइ भने थिइनन् । तापसी स्वयंले बताएअनुसार निर्माता÷निर्देशक सुरुमै तापसीलाई लिने विषयमा सकारात्मक भने थिएनन् । 
‘लेखक कनिका ढिल्लोनले यो फिल्मको आइडिया सुनाएदेखि नै मन परेको थियो । तर, दुःखका साथ भन्नुपर्छ यसको पहिलो रोजाइ म थिइँन । अरु कतै नपाएपछि  बल्ल मेरो पोल्टामा परेको हो,’तापसीले भने । 


फिल्ममा तापसीले जासुसी उपन्यास रुचाउने श्रीमतिको भूमिका निर्वाह गरेकी छिन् जो पछि उपन्यासमा झैं आफ्नै श्रीमान्को हत्या गर्न पुग्छिन् । फिल्ममा विक्रान्त मास्से र हर्षवर्धन रानेको पनि अभिनय रहेको छ ।  तापसीले फिल्ममा हाँसो, रोदन, रोमान्स र रहस्य सबैथोक रहेको बताएकी छिन् । यो फिल्म जुलाई २ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । 


Author

थप समाचार
x