कला

कियराको हातमा रनवीर र रामचरणका फिल्म

इकागज |
असार १४, २०७८ सोमवार १२:२० बजे

मुम्बई ; ‘कबिर सिंह’को सफलतापछि कियरा आडवानी बलिउडमा डिमान्डेड अभिनेत्री बनेकी छिन् । यो फिल्मको सफलतासँगै लगालग उनलाई ठूलो ब्यानरका फिल्मले सम्झिन थालेका छन् । त्यसो त उनका दुई पछिल्ला रिलिज ‘लक्ष्मी’ र ‘इन्दु कि जवानी’ले खासै गतिलो प्रतिक्रिया पाएनन् ।

तर, यसले उनको माग कुनै कमी आएको छैन । हालसालै मात्र पनि उनले दुई ठूला प्रोजेक्ट साइन गरेको खबर छ । दुवै फिल्म दक्षिण भारतीय निर्देशक शंकरका हुन् । 
कियराले एउटा फिल्म रामचरणको अपोजिटमा हात पारेको खबर छ भने अर्को रणवीर सिंहको जोडीको रुपमा । शंकरले कियरालाई रामचरणलाई लिएर बनाउन लागेको फिल्म ‘आरसी १५’ का लागि कियरालाई अनुबन्ध गरेका हुन् भने उनै शंकरले हिन्दीमा रिमेक गर्न लागेको ‘अपरिचित’का लागि पनि कियरालाई साइन गरेका हुन् ।


यो फिल्ममा रनवीर सिंह पहिले नै फाइनल छन् । शंकरले उनलाई अर्को एउटा फिल्मका लागि पनि साइन गरेको खबर छ । कियराका तीन फिल्म प्रदर्शनको पर्खाइमा छन् । कियराका ‘जुग जुग जियो’, ‘भूलभूलैया २’ र ‘शेरशाह’ प्रदर्शन हुन बाँकी हुन् । यिमध्ये केही फिल्मको सुटिङ सकिएको छ भने केहीको सुटिङ बाँकी रहेको छ । 
 


Author

थप समाचार
x