कला

‘कमेडी च्याम्पियन’मा विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीको ५ लाख सहयोग

इकागज |
साउन १, २०७८ शुक्रवार १२:१६ बजे

काठमाडौं :  ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनमा प्रतिस्पर्धी रहेका विक्की अग्रवालले सिक्किमका मुख्यमन्त्रीबाट नगद सहयोग पाएका छन् । उनलाई प्रतियोगितामा अगाडि बढाउनलाई चाहिने भोटको व्यवस्थाका लागि सो रकम उपलब्ध गराएको सिक्किमको चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माले जनाएकी छिन् । 

दोस्रो सिजनमा सिक्किमबाट सहभागी भएका विक्कीले आज र भोलिमा टप ६ का लागि प्रस्तुति दिँदैछन् । अघिल्लो हप्ता मात्र उनले टप ७ मा आफ्नो स्थान मजबुत बनाएका थिए । सिक्किमका मुख्यमन्त्री पिएस गोलेले विक्कीको परिवारलाई नगद हस्तान्तरण गरिएको पनि पूजाले जानकारी गराएकी छिन् । 


सिक्किमका मुख्यमन्त्रीबाट आर्थिक सहयोग पाएपछि प्रतिक्रिया दिँदै विक्कीले आफूले सिक्किमलाई गौरवान्वित बनाउने गरी काम गर्ने बताएका छन् । सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले नाका खुलेमा मुख्यमन्त्रीले आफूलाई नेपाल नै गएर समर्थन गर्न आग्रह गरेको पनि जानकारी गराएकी छिन् । 

महामारीका कारण बीचैमा सुटिङ रोकिएको कमेडी च्याम्पियनले दुई हप्ताअघिबाट पुनः प्रसारण थालेको छ । विभिन्न राउन्ड हुँदै अगाडि बढेको कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार प्रसारण हुँदै आएको छ । आज टप ७ मा रहेका ७ जना प्रतिस्पर्धीले कमेडी प्रस्तुत गर्दैछन् । 

सिक्किमका मुख्यमन्त्री पिएस गोलेका साथ विक्कीको परिवार । 


Author

थप समाचार
x