कला

माया बढाउँदै नरेश र एलिजा

इकागज |
मंसिर १७, २०७७ बुधवार ८:१४ बजे

काठमाडौं : सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय एड र म्युजिक भिडियोमा अभिनयलाई निरन्तरता दिइरहेका नरेश अभिनित ‘झन् झन् माया बढ्यो’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमका बीच मंगलवार सार्वजनिक गरिएको हो । संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ ।


सार्वजनिक गीतमा गायक नारायण धिताल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा नरेशसँगै एलिजा गौतमको अभिनय रहेको छ । अभिनेत्री समेत रहेकी एलिजा पछिल्लो समय भिडियोमा खोजिने अनुहारमा पर्छिन् । बेल्जियममा बस्दै आएका समाजसेवी गायक नारायण डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन् । सार्वजनिक गीतको भिडियोमा छायाँकन निसाल पौडेल , सम्पादन विकाश दाहालको रहेको छ भने भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।


हेर्नुस् भिडियो 


Author

थप समाचार
x