कला

कान्स फिल्म फेस्टिभल

इरानी अस्गर फराहिदलाई दोस्रो कान्स, ‘टिटाने’लाई पाम डी अर

इकागज |
साउन ३, २०७८ आइतबार १३:१४ बजे

फ्रान्स :  फ्रान्समा ११ दिन चलेको कान्स फिल्म फेस्टिभलमा इरानियन निर्देशक अस्गर फरहादीले दोस्रो अवार्ड जितेका छन् । सन् २०१६ मा ‘दि सेल्समेन’बाट पटकथा विधाको अवार्ड जितेका फरदाहीले आइतबार बिहान समापन भएको कान्समा भने कान्सको दोस्रो ठूलो पुरस्कार ग्रान्ड पिक्स जितेका छन् ।

‘अ हिरो’का लागि पाएको यो पुरस्कारमा उनको एकल दाबेदारी भने रहेन । यो पुरस्कार उनले जुहो कुसोमानेनको ‘कम्पार्टमेन्ट नम्बर ६’सँग बाँडनु पर्यो । फरहादी र कुसोमानेनले संयुक्त रुपमा ग्रान्ड पिक्स ग्रहण गरेका  कान्सको सर्वोत्कृष्ट पुरस्कार पाम डी अर भने ‘टिटाने’ले पायो ।


जुलिया डुकोर्नाउले निर्देशन गरेको यो फिल्मलाई बीबीसीले केही दिन अघि मात्रै २०२१ सबैभन्दा ‘स्तब्ध’ बनाउने फिल्म भन्दै समीक्षा गरेको थियो । जुलिया कान्समा यो अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनिन् । यसअघि सन् १९९३ मा ‘दि पियानो’ का लागि जेन क्याम्पियनले पाम डी अर जितेकी थिइन् । ७४ वर्ष लामो कान्सको इतिहासमा जम्मा दुई जना महिलाले मात्र सर्वोतकृष्ट पुरस्कार जितेका हुन् । 

'टिटाने'को एक दृश्य 

महिला निर्णायकको बाहुल्य रहेको कान्सको मुख्य निर्णायक भने अमेरिकी निर्देशक स्पाइक ली थिए । उनले विजेताको नाम घोषणा गर्ने क्रममा समयभन्दा अगावै ‘टिटाने’को नाम घोषणा गरेपछि भने वातावरणमा सन्नाटा छाएको थियो । सबैभन्दा अन्तिममा घोषणा गर्ने अवार्ड सबैभन्दा पहिला घोषणा गरेपछि लीले धेरै पल्ट माफी माग्नु परेको थियो ।

समारोहमा निर्देशन तर्फको अवार्ड भने लिओस् काराक्सले जिते । उनी निर्देशित ‘एनेट्टे’ समारोहको ओपनिङ फिल्म थियो । अभिनेता तथा अभिनेत्रीतर्फको अवार्ड भने क्रमशः ‘निटराम’का लागि सेलेब लन्ड्री जोन्स र ‘दि वस्र्ट पर्सन इन दि वल्र्ड’ का लागि रेनाटे रेइन्स्भले जिते ।  

समारोहमा चुनिएका बाँकी विजेताको नाम यसप्रकार रहेको छ । 

COMPETITION

Palme d’Or: “Titane”

Grand Prix — TIE: Asghar Farhadi, “A Hero” AND Juho Kuosmanen’s “Compartment No. 6”

Director: Leos Carax, “Annette”

Actor: Caleb Landry Jones, “Nitram”

Actress:  Renate Reinsve, “The Worst Person in the World”

Jury Prize — TIE: Nadav Lapid “Ahed’s Knee” AND Apichatpong Weerasethakul’s “Memoria”

Screenplay: Ryûsuke Hamaguchi, ”Drive My Car”

OTHER PRIZES

Camera d’Or: ”Murina,” Antoneta Alamat Kusijanović

Short Films Palme d’Or: “All the Crows in the World,” Tang Yi

Short Films Special Mention: “August Sky,” Jasmin Tenucci

Golden Eye Documentary Prize:

Ecumenical Jury Prize:

Queer Palm: “The Divide”

UN CERTAIN REGARD

Un Certain Regard Award: “Unclenching the Fists,” Kira Kovalenko

Jury Prize: “Great Freedom,” Sebastian Meise

Prize for Ensemble Performance: “Bonne Mere,” Hafsia Herzi

Prize for Courage: “La Civil,” Teodora Ana Mihai

Prize for Originality: “Lamb,” Valdimar Johannsson

Special Mention: “Prayers for the Stolen,” Tatiana Huezo

DIRECTORS’ FORTNIGHT

Europa Cinemas Label: “A Chiara,” Jonas Carpignano

Society of Dramatic Authors and Composers Prize: “Magnetic Beats,” Vincent Maël Cardona

CRITICS’ WEEK

Nespresso Grand Prize: “Feathers,” Omar El Zohairy

Society of Dramatic Authors and Composers Prize: Elie Grappe and Raphaëlle Desplechin, “Olga”

GAN Foundation Award for Distribution: Elie Grappe and Raphaëlle Desplechin, “Zero Fucks Given”

Louis Roederer Foundation Rising Star Award: Sandra Melissa Torres, “Amparo”

CINÉFONDATION

First Prize: “The Salamander Child,” Theo Degen

Second Prize: “Salamander,” Yoon Daewoon

Third Prize — TIE: “Love Stories on the Move”, Carina-Gabriela Dasoveanu AND “Cantareira,” Rodrigo Ribeyro


Author

थप समाचार
x