कला

सञ्जीब सिंहको ‘तारेमाम’ रिलिज

इकागज |
मंसिर १७, २०७७ बुधबार ११:३६ बजे

काठमाडौं:  गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द छ । 
गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए । स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा रुपेश थापाको छायांकन र विकास धमलाको सम्पादन छ । यो गीतमा गायक सिंहले काठमाडौको एक रैथाने युवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाडौको रहनसहन, भेषभुषा र संस्कृतिलाई प्रस्तुत गरेका छन् ।


 



Author

थप समाचार
x