कला

२० लाखको वाइन, प्रियंकालाई जन्मदिनमा निकको दुर्लभ उपहार !

इकागज |
साउन ४, २०७८ सोमबार १५:३१ बजे

मुम्बई :  प्रियंका चोपडा आइतबारबाट ३९ लागिन् । अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी प्रियंकाले आइतबार निकसँगै जन्मदिन पनि मनाइन् । जन्मदिनमा उनले सामाजिक सञ्जालमा असंख्य सन्देश पाउनु सामान्य भइहाल्यो ।

किनकि सामाजिक सञ्जालमा उनका करोडौं फ्यान छन् । अरु जे जस्तो शुभकामना दिए पनि प्रियंकालाई पति निक जोनासले भने के दिए होलान्, उनलाई पछ्याउनेका लागि चासोको विषय हो । यसको खुलासाका लागि भने फ्यानले कुनै टाउको दुखाउन परेन । प्रियंका आफैंले निकले दिएको यो उपहार इन्स्टामा सार्वजनिक गरेकी छन् । 
प्रियंकाले इन्स्टामा सोमबार बिहान एउटा तस्बिर राखिन् जसमा वाइनको एउटा बोतल र ग्लासहरू देखिन्थे । तस्बिरमा उनले निकलाई धन्यवाद दिएकी छिन् । यसले बुझाउँछ उनलाई यो बोटल निकले दिएका हुन् । तर, जन्मदिनमा वाइनको बोटल ? झट्ट सुन्दा खास नलागे पनि दैनिक भास्करका अनुसार यो बोटल खास हो । प्रियंकाले निकबाट पाएको यो बोटल रेड वाइन हो र यसको नाम हो, १९८२ सेटो मुटेन रोथशिल्ड । 


वाइन भए पनि यो सितिमिति पाइने वाइन हैन । फ्रान्समा बन्ने यो वाइन लिलामीमा मात्र पाइन्छ । बजारमा फुत्त गएर किन्न पाइँदैन । अनि एउटै बोतलको मूल्य १५ लाख देखि २० लाखसम्म अर्थात् मुम्बईमा एउटा बेडरुम भएको फ्ल्याट किन्न सकिने बराबर पैसा । प्रियंका र निक मिलेर घन्टामा नै लाखौं कमाउँछन् । अनि त २० लाखको वाइन के ठूलो कुरा होला र ? 


Author

थप समाचार
x