कला

पोर्न फिल्म बनाएको अभियोगमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति पक्राउ

इकागज |
साउन ५, २०७८ मंगलबार १२:३५ बजे

मुम्बई :  बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पोर्न फिल्म प्रसारणमा संलग्न रहेको कसुरमा पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । कुन्द्रामाथि एपमार्फत पोर्न फिल्म सप्लाई गर्ने गरेको आरोप छ । 

प्रहरीले कुन्द्रा पोर्न फिल्म बेच्ने कुरामा प्रमुख आरोपी रहेको र उनको संलग्नतासम्बन्धी पर्याप्त प्रमाणहरू रहेको जनाएको छ । योसँगै प्रहरीले आरोपमाथि थप छानविन भइरहेको पनि आरोप लगाएको छ । 


केही कलाकारले कुन्द्राविरुद्ध मुम्बई हाईकोर्टमा मुद्दा दायर गरेका थिए । उनीहरूले कुन्द्रा र उनका सहयोगीले पोर्न फिल्म खिच्न जबर्जस्ती गर्ने गरेको र आफूहरूसँगको सम्झौता विपरित ती फिल्म पैसा तिरेर हेर्न मिल्ने मोबाइल एप्लिकेसनमा उपलब्ध गराएको  आरोप लगाएका थिए । 

यसरी आरोप लगाउनेमा पुनम पाण्डे पनि रहेको बताइएको छ । पाण्डेले आफ्नो इच्छा विपरित कुन्द्राले त्यस्ता भिडियो बाँडेको उनले आरोप लगाएको समाचारहरूमा उल्लेख गरिएको छ । 

कुन्द्रालाई प्रहरीले मंगलबार दिउँसो अदालतमा हाजिरी गराउँदैछ । मंगलबार बिहानै पनि प्रहरीले यही मुद्दामा संलग्न अर्को आरोपीलाई पनि पक्राउ गरेको छ । 
कुन्द्राले शिल्पासँग दोस्रो विवाह गरेका हुन् । कुन्द्राले नेपालमा पनि व्यापार गर्ने गरेको बताएका थिए । 


Author

थप समाचार
x