कला

'मिस पूर्वाञ्चलको ' को क्यालेन्डर सार्वजनिक

इकागज |
साउन ५, २०७८ मंगलबार १४:६ बजे

धरान :  पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको क्यालेन्डर ढिलोगरि सार्वजनिक गरेको छ। 

कोभिडको कारण कुनै कार्यक्रम विनानै सार्वजनिक गरिएको मिस पूर्वाञ्चलको क्यालेन्डर २०७८ मा मिस पूर्वाञ्चलको २०१९ का विजेता रिजु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिम्रन लिम्बू र प्रतियोगीहरु अनुशा लिम्बू र शशी बिशंखेको तस्बिरहरु संग्रहित छन्।  


ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर ,ड्रेसेसरिज नेपाल , पूर्वेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका विभिन्न पहिरनमा सजिएका  र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको मिस पूर्वाञ्चलको क्यालेन्डर २०७८  मा  १२ महिनामा १२ वटा मोडलिङ फोटोहरु  संग्रहित छन्।

कोभिडको महामारीले वैसाख महिनाबाट  भएको निषेधाज्ञाको कारण ढिलो निकालिएको क्यालेन्डर गत वर्ष पनि कोभिडको महामारीको कारण निकालिएको थिएन।  यो वर्ष भने निरन्तरताको लागि भए पनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ। 

  २०७६ पुस ५ मा आयोजित मिस पूर्वाञ्चलको दसौं संस्करणपछि कोभिडकै कारणले गत वर्ष पनि आयोजना हुन नसकेको मिस पूर्वाञ्चलको यो वर्षपनि अनिश्चित नै छ। लामो समय लगाएर गर्नुपर्ने कार्यक्रम भएकोले  स्थिति सामान्य भए मात्र कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। 

सिल्भर इन्टरटेनमेन्ट प्रमुख सौरभ श्रेष्ठ क्यालेन्डरमा समेटिएकी मोडललाई क्यालेन्डर प्रहार गर्दै 
 


Author

थप समाचार
x