कला

शाहरुख खानसँगको फिल्मसँगै बलिउडमा डेब्यु गर्दै नयनतारा

इकागज |
साउन ७, २०७८ १३:१७ बजे

मुम्बई :  दक्षिण भारतकी सबैभन्दा सफल अभिनेत्री नयनताराले पहिलो पल्ट बलिउड फिल्म गर्ने भएकी छिन् । तमिल फिल्म निर्देशक एटलीको निर्देशन रहने फिल्मबाट उनले बलिउड प्रवेश गर्न लागेकी हुन् । शाहरुख खानको अभिनय रहने यो फिल्म लामो समयदेखि चर्चामा छ । 

शाहरुख खानको ‘जिरो’असफल भएपछि गुप्तबासमा रहेका शाहरुखले एटलीको यो फिल्ममा चासो दिएको समाचार आएको थियो । तर, शाहरुखले यो फिल्मअघि यशराज फिल्मस्को ‘पठान’को सुटिङ थाले । अब भने शाहरुखले यो फिल्मपछि यो फिल्मलाई समय दिने खबर छ । 


ADVERTISEMENT

३६ वर्षीय नयनताराले तमिल, तेलगु र कन्नड सबैतिरका फिल्ममा काम गरे पनि हिन्दी फिल्ममा भने अहिलेसम्म काम गरेकी थिइनन् । प्रेस ट्रस्ट अफ इन्डियाले उनले फिल्म गर्न लागे पनि उनको भूमिका भने स्पष्ट नभएको लेखेको छ । फिल्ममा शाहरुख भने दोहोरो भूमिकामा देखिनेछन् । 

नयनतारा चाँडै नै रजनीकान्त र विजय सेतुपतिसँगको फिल्ममा देखिँदैछन् । मुख्यतया तमिल सिनेमामा देखिने नयनतारा दक्षिणमा सबैभन्दा महंगो अभिनेत्री मानिन्छिन् । 



Author

थप समाचार