कला

के भिन डिजेलले ड्वायने जोन्सनलाई अभिनय सिकाएका थिए ?

इकागज |
साउन ७, २०७८ १४:२३ बजे

लसएन्जल्स :  ‘फास्ट एन्ड फ्युरियस’को नवौं शृंखलामा विश्वका विभिन्न देशमा रिलिज भइरहेको छ । नेपालमा हल नखुलेका कारण यो फिल्म रिलिज हुने सम्भावना छैन तर यो फिल्म अर्को महिना भारतमा भने रिलिज हुने चर्चा छ ।

फिल्म रिलिजसँगै यसका कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । यही क्रममा भिन डिजेलले ड्वायने जोन्सनलाई अभिनय सिकाएको अभिव्यक्ति दिएपछि यो प्रसंगले हलिउडमा तरंग सिर्जना भएको छ ।


ADVERTISEMENT

भिन डिजेलले हलिउड रिपोर्टरसँग कुरा गर्दै जोन्सनप्रति आफ्नो प्रेम गहिरो रहेको भन्दै उनलाई सुरु सुरुमा अभिनय पनि सिकाएको दाबी गरेका थिए । ड्वायनेले भने यो प्रसंग हाँसेर टारेका छन् । ‘मैले सुन्दा मलाई हाँसो लागेको थियो । सायद अरुलाई लाग्यो होला,’ उनले हलिउड रिपोर्टरकै कभर स्टोरीमा भनेका छन्, ‘ यो कुरा म उनकै जिम्मामा छाड्छु । १० र ११ औं शृंखलाका लागि शुभकामना छ मेरो ।’ 

यही अन्तर्वार्तामा उनले आफू यो शृंखलाका पछिल्ला दुई भागमा नरहने पनि घोषणा गरेका हुन् । योभन्दा पहिले नै निर्माण कम्पनीले अब १० र ११ औं शृंखला बनाएर यो फ्रेन्चाइजको अन्त्य गर्ने जनाएको थियो । 

ड्वायने जोन्सनले पहिलो यो फ्रेन्चाइजमा सन् २०११ मा जोडिएका थिए । ‘फास्ट फाइभ’बाट यो शृंखलामा जोडिएका जोन्सनले त्यसयता चार शृंखलामा अभिनयन गरिसकेका छन् । 
 



Author

थप समाचार