कला

आफ्नै सालीलाई लिएर फिल्म बनाउने तयारीमा थिए राज कुन्द्रा

इकागज |
साउन ८, २०७८ १२:२४ बजे

मुम्बई :  पोर्न फिल्म बनाउने र र एप्समार्फत् बाँड्ने गरेको अभियोगमा मुम्बई प्रहरीले राज कुन्द्रालाई हिरासतमा लिएको छ । राज कुन्द्रामाथि प्रहरीले अनुसन्धान चलाइरहँदा थुप्रै मुद्दा सतहमा आएका छन् ।

पोर्न फिल्ममा काम गरिरहेका केहीले राज कुन्द्राले ब्ल्याकमेल गरेको आरोप लगाइरहेका छन् त केहीले हिरोइन बनाइदिने आश्वासन दिएर पोर्न फिल्म खेल्न बाध्य पारेको आरोप लगाइरहेका छन् ।


ADVERTISEMENT

तर, यस्तै पोर्न र्याकेट चलाएको आरोपमा प्रहरी खोरमा पुगेकी अभिनेत्री गहना वासिष्ठले भने राज कुन्द्राले आफ्नै साली समिता सेठ्ठीलाई लिएर फिल्म बनाउन लागेको र यो फिल्मसँगै नयाँ एप लन्च गर्ने तयारी गरेको बताएकी छिन् ।

तर, उनले राज कुन्द्राले बनाउन लागेको फिल्म पोर्न नै हो कि अर्को फिल्म हो त्यो भने खुलाएकी छैनन् । ‘म समातिनु अघि राजको अफिसमा गएको थिएँ । त्यहाँ उनले बलिफ्लेम नामको एप लन्च गर्ने र यसका लागि फिचर फिल्मसँगै रियालिटी सोको पनि निर्माण गर्ने कुरा भएको थियो,’ उनले नवभारत टाइम्ससँगको कुराकानीमा भनेकी छिन्, ‘ एउटा फिल्ममा चैं समितालाई खेलाउने कुरा भएको थियो र समिताले पनि सहमति दिएकी थिइन् ।’

प्रहरीले राजलाई ४ दिनअघि मात्र समातेको थियो । समिता सेठ्ठीले भने ‘जहर’, ‘दस’ जस्ता सफल फिल्ममा काम गरेकी छिन् । तर, पछिल्लो समय भने बलिउडमा कामविहीन थिइन् । 



Author

थप समाचार